बुधबार, २८ कार्तिक २०८१

सलहको झुण्ड प्यूठान सक्रिय, सयौं हेक्टरमा क्षति

Share via:

सलहले प्यूठान नछाड्दा प्यूठानेली किसान चिन्तित भएका छन् । पछिल्लो समय समस्याको रुपमा देखिएको सलहले किसानले लगाएको बालीनाली सखाप पारेपछि प्यूठानेली किसानहरु चिन्तित भएका हुन् ।

सलहको झुण्ड भित्रिएसंगै यहाँको बालीनालीमा ठुलो क्षति पुर्याएको छ । सलह भित्रिदैन भन्दाभन्दै भित्रिएको सलहले प्यूठानमा लगाएको झण्डै ५ सय हेक्टरमा लगाइएको खाद्यान्न बालीमा क्षति पुर्याएको हो ।

सलहले जिल्लाका सबै स्थानीय तहमा लगाइएको बालीमा क्षति गरेको छ भने सबैभन्दा धेरै नौबहिनी गाउँपालिकामा पुर्याएको छ ।

प्यूठान भित्रिएको दुई दिनपछि स्यालीबाङ्ग प्रबेश गरेको सलहले एक महिना अगाडिदेखि नै बालीनालीमा क्षति पुर्याउदै आएको छ ।

जिल्लाका अन्य स्थानमा फाट्टफूट्ट रुपमा रहेको सलहले स्यालीबाङ्गमालाई भने एक महिनादेखि छाडेको छैन् ।

स्यालीबाङ्गमा किसानले लगाएको मकै, कोदो तथा तरकारी बाली नष्ट गरेको छ । आकाशै ढाक्ने गरी लाखौंको संख्यामा आएको सलहले फल्न थालेका मकै र भर्खरै लगाएका कोदो ठुटै पार्दा किसानहरु रुन मात्र सकेका छैनन् ।

सलहले स्यालिबाङमाका करिब तीन सय किसानले २ हजार रोपनी क्षेत्रफलमा लगाएको बाली सखाप पारेको छ ।

एक महिनासम्म गाउँमै बास बसेको सलहको प्रकोप अन्नबालीमा बढ्दै गएपछि गाउँपालिकाको कृषि शाखाले क्षति पुर्याएको क्षेत्रको अनुगमन गरेको छ ।

नौबहिनी गाउँपालीका १ स्याउलीवागंमा सवैभन्दा धेरै क्षति मकैबालीमा ७५ प्रतिशत र कोदो बालीमा ९० प्रतिशतसम्म क्षति पुर्‍याएको छ ।

सलह प्रकोप बढेपछि गाउँपालिकाले त्यसको प्रकोप कम गर्न सलह जम्मा गर्ने किसानलाइ प्रतिकिलो ५० रुपैया दिन थालेको छ ।

सलहले बालीनालीमा क्षति गरेपछि स्थानीयवासीले हालसम्म १ सय ५ किलो सलह नष्ट गरेका छन् । क्षतिको सम्पुर्ण बिवरण आइसकेपछि पिडित किसानलाई राहतको ब्यवस्था गर्ने गाउंपालिकाले जनाएको छ ।

स्यालीबाङ्गमा रहेका सलहलाइ किसानले केहि सातादेखि टिपेर नष्ट गर्न थालेका छन् । तर, सलह टिपेर र पैसा लिएर मात्र सलहको समस्या समाधान हुने देखिदैन् ।

त्यसैले प्यूठानका किसानको सलह मर्मलाई बुझेर चाडो सलह नियन्त्रण गर्नु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *