दूध डेरीमा बिक्री गर्दा किसान खुसी

बजारमा दूध बिक्री गर्यो भने गाई भैँसी थाक्छन् भन्ने सामाजिक गलत मान्यता रहेको बझाङ जिल्लामा अहिले केही व्यक्तिहरूले बजारमा दुधडेरी खोलेपछि किसानहरूलाई दूध बिक्री गर्न सहज भएको छ ।
बजार क्षेत्रका कतिपय किसानहरूले अहिले उन्नत जातका जर्सी गाई पालेका छन् भने परम्परागत गाई भैँसी पाल्ने गाउँघरका किसानहरू पनि आजकाल बजारमा दूध बिकी गर्न आउँछन् ।
चैनपुर बजारमा दूध डेरी सञ्चालन गरेकी अनिता सिंहले सुरुमा दूध ल्याउन किसानहरू मान्दैन थिए तर अहिले सदरमुकाम चैनपुर वरपरका गाउँघरबाट दूध बिक्रीका लागी किसानहरू आफै आउने गरेको बताउनुभयो ।
उनको जस्तै चैनपुर बजारमा अहिले तिन वडा दूध डेरीहरू खोलिएका छन् । अनिताको डेरीमा २१ जना किसानले नियमित दूध ल्याउने गरेका छन् । अन्य डेरीमा गरी अहिले दैनिक पाँच सय लिटर दूध बजारमा आउने गरेको छ । बझाङमा अहिले किसानबाट दूध खरिद गर्दा ७५ रुपैयाँ र बिक्री गर्दा ९० रुपैयाँ लिटर बिक्री गर्ने गरेको छ ।