शनिबार, १७ असोज २०८३

अनारको पुतली व्यवस्थापन यसरी गर्नुहोस्

क्षतिको कारण र तरिका

• वयस्क पुतलीले फूलको कोपिलामा वा साना फलको सतहमा अन्डा पार्दछ ।

• अन्डाबाट लार्भाको बिकास भै लार्भाले छेडेर फलभित्रको गुदी भित्रभित्रै खाइदिन्छ र फल खान लायक हुँदैन ।

• फलभित्र लार्भाको दिसा भरिएको हुन्छ। फलको बाहिरपट्टि कालो खैरो कीराको बिष्टा टासिएर रहेको हुन्छ

• किराले आक्रमण गरेका फलहरु सानैमा झर्दछन ।

व्यवस्थापनको तरिका

• फल सानै हुँदादेखि रेडिमेड प्लास्टिक थैलो वा तेलमा डुबाएको ‌सफा पत्रिकाले फल छोपिदिनुपर्छ ।

• भाले पुतलीलाई आकर्षण गरी नियन्त्रण गर्न मोहनी पसोको प्रयोग गर्न सकिन्छ

• निमजन्य विषादी वा निमको तेलको प्रयोग गर्न सकिन्छ।

• रासायनिक विषादी प्रयोग गर्नुपरे र्डाइमेथोएट,साइपरमेथ्रिन २ एम.एल. एक लिटर पानीमा मिसाइ छर्न सकिन्छ ।

#PomegranateButterfly #FruitDamage #ManagementofPest

Leave a Reply

Your email address will not be published. Required fields are marked *