शनिबार, १७ असोज २०८३

आवाससँगै गोठको पहुँच सुनिश्चित गर्नुपर्ने

नयाँ भवन ऐनमा संघ, प्रदेश र स्थानीय तहले प्रत्येक नागरिकका लागि सुरक्षित, व्यवस्थित र न्यूनतम आधारभूत सुविधायुक्त आवास तथा पशुपन्छी पालनका लागि गोठको पहुँच सुनिश्चित गर्नुपर्ने प्रावधान राखिएको छ । 

परिवारले पहिलो आवासीय घर निर्माण वा असुरक्षित घर र गोठको निर्माण गर्दा स्थानीय तहले स्वीकृत मापदण्ड बमोजिम नमुना डिजाइन, प्राविधिक परामर्श, स्थानीय तथा रैथाने निर्माण सामग्री, निर्माण अनुमति र अन्य आवश्यक प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउनुपर्ने प्रस्तावित विधेयकमा उल्लेख छ । यसका लागि भवन ऐन २०५५ दोस्रो संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *