झापामा सामुहिक खेतीमा मेसिनबाट मकै रोप्दै प्रदर्शनी
झापाको गौरादहमा सामूहिक खेतीलाई प्रवर्दन गर्न मकैको बिउ संगै मकै रोपाई प्रदर्शनी गरिएको छ । उद्यमी सहकारी संस्थाको संयोजनमा दुई बिघा जमिनमा मेसिनबाट मकै रोपेर प्रदर्शनी गरिएको हो ।
नगरपालिका वडा नम्बर १ का अध्यक्षा नगेन्द्र भण्डारीका अनुसार गौरादहमा मकैको चिउरा मिल समेत संचालनको अन्तिम तयारीमा रहेकाले गौरादह नगरपालिकामा मकै उत्पादनमा जोड दिन किसानलाई उन्नत मकैको बिउ उपलब्ध गराउन सुरु गरिएको छ ।
१० वटा समुह र सय भन्दा बढी किसानले मकैको बिउ माग गरेको जनाउँदै सामुहिक खेतीलाई प्राथमिकतामा राखिने उहाँको भनाई छ । यहाँ उत्पादन भएको सबै मकै स्थानीय तहमा उचित मूल्यमा बिक्रि हुने अवस्था रहेको छ; अध्यक्ष भण्डारीले भन्नु भयो ।
मेसिनबाट मकैको बिउ रोपाई सुरु गर्दै भण्डारीले सामूहिक खेतीलाई प्रवर्दन गर्नको लागि आफूहरुले प्रयत्न गरिरहेको बताउनु भयो ।
महारानीझोडा साना किसान सहकारी संस्थाले प्रदेश १ लाई लक्षित गरेर मकैको चिउरा बनाउने मिल यसै वर्ष भित्रमा संचालनमा ल्याउने तयारी गरिरहेको छ ।
कृषि सहकारी संस्थाका संचालक तथा अगुवा किसान भुश्राज लुईटेलका अनुसार पराम्परागत रुपमा मकै खेती गर्दै आएका किसानलाई मेसिनबाट रोप्दा केहि अनौठो लागेको बताउनु भयो ।
आफूहरुले विगत एकदशक अघि देखि सामुहिक रुपमा तरकारी लगायतका अन्य कृषि खेती गर्दै आएको पनि जानकारी दिनु भयो । सहकारीको माध्यमबाट आफुहरुले आधुनिक कृषि औजारमा जोड दिएको उहाँको भनाई थियो ।