शनिबार, १९ माघ २०८१

सडक छेउमै केरा खेती फस्टाउँदै

 

बाजुराको बडिमालिका नगरपालिका–४ रिलाका धिरेन्द्रबहादुर सिंहले सडक छेउमै केरा खेती सुरुवात गर्नु भएको छ । सडक भएको ठाउँमा अधिकाशं जमिन खाली हुँदा बर्खाको समयमा पहिरो जाँने सम्भावना भएकोले सिहंले सो जमिनको सदुपयोग गर्न तथा पहिरो जानबाट रोक्न सडकको छेउमा केरा खेती गर्नु भएको हो ।

सिहंले गत वर्ष देखि साँफेमार्तडी सडक खण्ड अन्तरगत पर्ने रिला स्थित सडकको माथिल्लो छेउमा केरा खेती सुरुवात गर्दै आउनु भएको छ ।

सडकको छेउमा लगाउँदै आएको केरा खेतीले सिंहको घरखर्च चल्न सहज मात्र नभई उहाँको सडक छेउमा रहेको जमिनमा पहिरो लाग्न पनि बन्द भएको छ ।

सडक माथिबाट जाने पहिरोको रोक्थाममा पनि ठुलो सहयोग पुगेको छ सिहंले भन्नुभयो,सडकको छेउमा सुरु गरेको केराखेतीको सिकाइ अहिले बाजुराका अन्य किसानले पनि गर्दै आउनु भएको छ ।
साँफेमार्तडी सडकखण्ड अन्तरगत छेउछाउमा रहेका जमिनवाला किसानले पनि यो सिको गर्दै आएका छन् ।

यो वर्ष देखि बाजुराको कृषि ज्ञान केन्द्रले पनि सडकको छेउमा उखु खेती सँगै केरा खेतीको सुरुवात गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

साँफेमार्तडी सकड खण्ड अन्तरगतको ५७ किलो मिटर मध्ये बाजुरा अछामको बीचमा पर्ने इकडी गाड देखि मार्तडी सम्मको ४२ किलो मिटर सडकको छेउछाउमा उखु र केरा खेती गर्ने अभियान नै रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मीन प्रशाद जैशीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *