शुक्रबार, २० चैत्र २०८२

माटो परिचयपत्र पाउने हुँदा किसान खुसी

‘स्वास्थ्य बाली फलाउन स्वास्थ्य माटो चाहिन्छ’ प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको पहिलो मन्त्रीपरिषद् बैठकले किसानको माटोको स्वस्थपन जाँचेर तीन महिनाभित्र ‘स्वाइल हेल्थ कार्ड’ उपलब्ध गराउने निर्णयले किसानमा खुसी थपिएको छ । 

एक वर्षदेखि स्वास्थ्य उत्पादनका लागि एकीकृत शत्रुजीव व्यवस्थापनको अभियान चलाइरहेका चौँरीदेउराली गाउँपालिकाका काभ्रेपलाञ्चोकका किसान भवीकुमारी तिवारी सरकारले अन्न र तरकारी उत्पादन गर्ने माटो ठिकठाक भए/नभएको परिचयपत्र उपलब्ध गराउने विषयले कृषिकर्ममा लाग्ने प्रेरणा थपिएको उल्लेख गर्नुभयो । 

मुलुकको शासकीय सुधार र विकासका लागि एक ऐतिहासिक प्रस्थानविन्दु अन्तर्गत मुलुकको प्रशासनिक र आर्थिक संरचनामा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ ‘शासकीय सुधार कार्ययोजना’ अन्तर्गत एक सयबुँदे कार्यसूचीमा कृषिक्षेत्र प्राथमिकतामा परेपछि तिवारीले प्रशंसा गर्नुभयो ।

लामो समयदेखि जैविक विषादीको प्रयोग गरेर अर्गानिक उत्पादनमा जोड दिँदै आएको लबग्रिन नेपालका विमल दुलालले सरकारको योजनाले कृषकले आफ्नो खेतबारीको माटोको गुणस्तर, पोषक तìवको अवस्था र आवश्यक मलखादबारेमा वैज्ञानिक जानकारी पाउन मद्दत मिल्ने उल्लेख गर्नुभयो । उहाँले जैविक उत्पादनको प्रोत्साहनसँगै सरकारले बजारीकरणमा पनि ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *