मंगलबार, २२ माघ २०८१

नार्क र चिया तथा विकास बोर्ड बीच सम्झौता

नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय चिया तथा कफी विकास बोर्डबीच चिया तथा कफी उद्योगको विकासका लागि अध्ययन, अनुसन्धान र नवप्रवर्तन गरी देशको आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यले एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा उक्त मन्त्रालयमा आइतवार परिषद्का कार्यकारी निर्देशक डा दीपक भण्डारी र राष्ट्रिय चिया तथा कफी विकास बोर्डका विष्णुप्रसाद भट्टराईबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा नेपाली माटो तथा हावापानी सुहाउँदो चिया तथा कफी उत्पादन तथा प्रशोधन प्रविधिको विकास गर्न अनुसन्धनात्मक कार्य गर्ने, उच्च गुणस्तर भएको, धेरै उत्पादन दिने र रोग किरा सहन सक्ने नेपाली चिया तथा कफीको नयाँ जात उन्मोचन गर्न अनुसन्धनात्मक कार्य अघि बढाउने रहेको छ।

त्यस्तै, नेपालको चिया तथा कफी विकासका क्षेत्रमा देखा परेका र भविष्यमा पर्न सक्ने विभिन्न रोग, उत्पादन र उत्पादकत्वलगायत समस्याको समाधानका विविध पक्षमा अध्ययन, अनुसन्धान गर्ने, चिया तथा कफी विकासका लागि आधारभूत एवं प्रयोगिक दुवै किसिमका अध्ययन र अनुसन्धान गर्ने सो पत्रमा उल्लेख छ।

चिया तथा कफी उत्पादन तथा विकासका लागि आवश्यक पर्ने विभिन्न ज्ञान, अनुभव, अनुसन्धानका उपलब्धि, विधि र प्रविधिको विकास, नवप्रवर्तन, जैविक, आनुवंशिक, भौतिक, रसायनिक, भौगोलिक, जलवायु तथा वातावरणीय तथ्यांकको डिजिटल डाटाबेस बनाउने र अनुसन्धान गरेका कृति संयुक्त प्रकाशन गर्ने रहेको छ।

जलवायु परिवर्तनका कारण नेपालको चिया तथा कफी उत्पादनमा आएका र आउनसक्ने विभिन्न समस्या तथा असरको न्यूनिकरणका लागि अध्ययन अनुसन्धान गर्ने, चिया तथा कफीसम्बन्धी अध्ययन, अनुसन्धान, तालीम, दक्ष जनशक्ति उत्पादन, उच्च शिक्षा, नवप्रवर्तन र क्षमता विकासजस्ता कार्यक्रमलाई बढी उपयोगी तथा पूर्ण प्रयोगात्मक बनाउन सहकार्य गर्ने रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *