मंगलबार, २२ माघ २०८१

आलुको बीउ वितरण

सांकेतिक तस्बीर

आलुमा रहेको परनिर्भरता हटाउनका लागि धनुषा र महोत्तरीका चार गाउँपालिकाहरुमा ८५ प्रतिशत अनुदानमा किसानहरुलाई आलुको बीउ वितरण गरिएको छ ।

विश्व बैंकको सहयोगमा नेपाल सरकारद्वारा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर ईकाई धनुषाले धनुषाको औरही तथा मुखियापट्टी र महोत्तरी जिल्लाको विपरा तथा एकडारा गाउँपालिका किसानलाई ८५ प्रतिशत अनुदानमा ५ सय २० क्वीन्टल उन्नत जातको आलुको बीउ अनुदानमा वितरण गरेको हो ।

आलुमा आत्मनिर्भर बनाएर विदेशमा जाने रकमलाई रोक्नका लागि किसानलाई आलु खेती गर्नका लागि प्रोत्साहित गर्ने उद्देश्यले ८५ प्रतिशत अनुदानमा एक जना किसानलाई ४० किलो देखि ६० किलो बीउ प्रदान गरिएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाको क्लष्टर ईकाई धनुषाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिनु भयो ।

आयोजनाले नेपाल सरकारले शिफारिस गरेको जनकदेव, डिजीरे, कार्डिनल तथा एम एस ४२.३ जातका आलुको बीउ वितरण गरेको पनि जनाएको छ ।

८५ प्रतिशत अनुदानमा आलुको बीउ पाएका किसान मुखीयापट्टी मुसहरनीयाका विन्देश्वर यादवले निक्कै खुशी भएको र बीउको सदुपयोग गरेर अधिक मात्रामा आलुको खेती गरी उत्पादन वृद्धि गर्ने बताउनुभयो ।

आलुको बीउ वितरण गरिएको गाउँपालिकाहरु यस पटक आलुमा पूर्ण रुपमा आत्म निर्भर बनेर केही विक्रि गर्ने अवस्थामा पुग्ने विश्वास आयोजनाको रहेको प्रमुख झाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *