शनिबार, ०४ बैसाख २०७८

मल अभाव नरहेको कृषि मन्त्रालयको दावी

Share via:
  •  
  •  
  •  
  •  
  •  

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशका कुनै पनि ठाउँमा मल अभाव नभएको दावी गरेको छ । गहुँ, तोरी तथा तरकारीका लागि आवश्यक मल उपलब्ध रहेको भन्दै हल्लाको पछि नलाग्न मन्त्रालयले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको छ ।

‘धेरै मात्रामा मल उपलब्ध भएर वितरण भईरहेका छन्, खरिद भइसकेका मल पनि निरन्तर मुलुकमा भित्री रहेको छ’, कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले भने । कृषि समाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङमार्फत डीएपी, पोटास र युरिया मलको वितरण भइरहेको पनि सचिव कार्कीले बताए ।

मन्त्रालयका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनसँग युरिया १८ हजार मेट्रिक टन, १३ हजार मेट्रिक टन डीएपी मौज्दात रहेको र ३० हजार मेट्रिक टन युरिया छिटै ल्याउने मन्त्रालयले जनाएको छ ।

त्यस्तै कृषि सामग्री कम्पनीसँग ३०० मेट्रिक टन पोटास, १३ हजार ८२१ मेट्रिक टन डीएपी, १२ सय मेट्रिक टन युरिया रहेको छ । उसले ९ हजार ७०४ मेट्रिक टन पोटास, ३० हजार मेट्रिक टन युरिया र १० हजार मेट्रिक टन डीएपी नेपाल भित्रिँदै गरेको पनि मन्त्रालयको दावी छ ।

बंगलादेशसंग मल खरिदका लागि ढोका खुल्लै राखेर ओमान र भारतसँग जीटूजीमा मल खरिदका लागि छलफल थालिएको पनि मन्त्रालयले जनाएको छ ।

मल वितरणका लागि स्थानीय तहलाई जिम्मेवार बनाउँदै लगिएको र मल वितरण अनलाईनमार्फत ट्रयाकिङ गर्न सफ्टवेयर प्रयोग अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *