शुक्रबार, २४ जेठ २०८२

चिउरी फडानी हुँदा मह उत्पादनमा कमी

वर्षेनि वनजङ्गल फडानी गरी ऐलानी जग्गा कमाउने र सामुदायिक वनको मनोमानीले मह उत्पादनमा समस्या भएको छ।

मह उत्पादनको मुख्य स्रोत रहेको चिउरीको फूल चिउरी कटानसँगै मासिने क्रम बढेपछि जाजरकोटमा मह उत्पादनमा कमी आएको हो। 

जिल्लाको नलगाड नगरपालिका, भेरी नगरपालिकामा चिउरीको जंगल मासिने क्रम बढेको छ।

पशु चौपायालाई घाँस खुवाउनसमेत चिउरीकै प्रयोग गर्दा फूल उत्पादनमा कमी आएको हो। घर निर्माण गर्दा काठका रूपमा समेत जथाभावी सामुदायिक वन समूहबाट चिउरी कटान गरेपछि समस्या थपिएको छ। 

चिउरी संरक्षण गर्नुपर्ने ठाउँमा जथाभावी कटान गरेपछि निकै समस्या आएको प्रधानमन्त्री कृषि आधुनिक परियोजना जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिए।

अघिल्लो वर्षभन्दा यो आर्थिक वर्षमा मह उत्पादनमा ५० प्रतिशत गिरावट आएको प्रमुख बस्नेतको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *