जुम्लाको मार्सी र सिमी विदेशमा पनि

जुम्लाको मार्सी चामल र सिमी जापानमा किन्न पाइने भएको छ । जुम्ला घर अर्गानिक्स एण्ड सुपरफूडका सञ्चालक राज शाहीले व्यवसायिक रुपमा कर्णालीका खाद्यान्न जापान पठाएका हुन् ।
पहिलो पटक ठूलो परिमाणमा कर्णालीका खाद्यान्न जापान पुगेको उनी बताउँछन्। शाहीका अनुसार १ टन सिमीको दाल, १ टन दाना सिमी, १ टन मासको दाल र १० किलो स्याउको चाना जापानी बजारमा पुगेको हो।
कर्णालीका उत्पादनले विस्तारै अन्तर्राष्ट्रिय बजार पाउन थालेकोमा उनले खुशी व्यक्त गरे।
राजधानी टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठले सो परिमाणका सामान माग गरेका हुन्। जुम्ला घर अर्गानिक्सबारे नेपाली सञ्चार माध्यममा आएका समाचार पढेर जापानबाट माग आएको राज बताउँछन्।