मंगलबार, २२ माघ २०८१

झापामा चिया जोन थप गर्न माग

नगदे बालीका रुपमा रहेको चियालाई प्रवद्र्धन गर्न झापालाई ‘चिया जोन’का रुपमा विकास गर्नुपर्ने माग गरिएको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाले चिया सरोकार पक्षसँग आज आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले झापा चियाको राजधानी भएको हुँदा चिया जोन बनाउनका लागि बोर्डले सरकारसँग पहल गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले चियालाई धान, मकै, सुपारी र रबरजस्तै जोन वा सुपरजोन घोषणा गरेर काम गरे चिया किसान, मजदूर र उद्योगी सबैको हितमा हुने र गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने बताए।

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालगायतले सरकारले तोकेको चिया श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न बोर्डलाई महत्वपूर्ण भूमिका निवार्ह गर्न आग्रह गर्दै चिया जोन बनाएमा किसान, मजदूर र उद्योगी सबैको हित र संरक्षण हुने बताए।

बोर्डका सञ्चालक सदस्य आदित्य पराजुली र हर्क तामाङले चियाको मार्केट्रिक बोर्ड स्वयम्ले गर्नुपर्ने, किसानको खोसिएको सिंचाई सुविधामा दिएको विद्युतीय सहुलियत दर पुनः कायम गर्नुपर्ने र चिया किसानलाई सहजरुपमा मल उपलब्ध गराउनुपर्ने लगायतका माग सरकारसँग राखेको बताए। उनहरुले किसानलाई निरास नहुन र गुणस्तरीय उत्पादनमा जोड दिन आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *