मंगलबार, ०६ फाल्गुण २०८१

जौं भित्र्याउने चटारो, मार्सी लाउन तयारी

कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञका बीच जुम्लाका किसान हिउँदे बाली जौ भित्र्याउन व्यस्त छन् । जुम्लामा जौ भित्र्याए लगत्तै कालीमार्सी धान रोपाई सुरू हुने भएकाले पनि किसान जौ काट्न व्यस्त भएका हुन् ।

जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका, गुठिचौर कनकासुन्दरीमा केही मार्सी फाँटमा आंशिक रोपाई सुरू भएपनि ९० प्रतिशत किसान जौ भित्र्याएपछि मात्र रोपाई सुरू गर्छन् ।

धान रोपाईको पालो छोप्नका लागि भएपनि केही किसान जौ नपाक्दै भित्र्याउन बाध्य छन् । हेला बालीका रुपमा लिइने जौ आवश्यक मलजल सिँचाइ तथा स्याहार बिनै पनि मनग्य उत्पादन हुन्छ । पुजा, विवाह ब्रतवन्धलगायत विभिन्न धार्मिक कार्यमा जौको प्रयोग अनिवार्य मानिन्छ । जुम्लाका आठै स्थानीय तहमा जौ खेती हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित