बिहिबार, २९ कार्तिक २०८१

पानी नपर्दा ३ पटक जोतेर पनि रोपाई हुन सकेन

Share via:

 

अछाम जिल्लाको मंगलसेनको एक बस्तीमा अहिलेसम्म रोपाई हुन सकेको छैन । नगरका विभिन्न बस्तीका गरी लगभग १६० बढी घरपरिवारका खेत यस वर्षको लागि धान लगाउने सिजन सकिने बेला हुँदा सम्म रोपाई गर्ने समय र मौसम कुरेर बसिरहेका छन् ।

 

बर्खामा धान रोप्ने सपना राखेका यहाँका किसानले आकाशे पानीको भरमा खेत रोप्नु पर्ने बाध्यता छ । यसपटक समयमा पानी नपर्नाले अहिले सम्म बीउ ब्याडमै सुक्न थालेको किसान बताउँछन् ।

 

पानी परे खेत रोप्ने भनेर किसान खेतमै पाल टाँगेर दिनहुँ जाग्राम भई बस्ने गरेका छन् ।

 

सेती नदीको किनारमा रहेका खेतहरूमा बर्खामा समेत राम्रो संग पानी नलाग्ने अवस्था छ । हिउंदमा खेत चिसिने त परै जाओस् । उपयुक्त सिंचाई सुविधाको अभावमा यहाँका किसानले पछिल्ला वर्षहरुमा नियमित रुपमा बाली भित्र्याउन सकिरहेका छैनन् ।

 

बिजुली पनि नपुगेको यस भेगमा पम्प मेसिन र लिफ्ट पद्दतिबाट पानी तान्न पनि त्यति सहज छैन । किसानले यस वर्ष मात्र ३ पटक खेत जोतेर रोप्नलाई ठिक्क पारि राख्दा पनि खेत हरियाली बनाउन नसकेको किसानको दुखेसो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *