बिहिबार, २९ कार्तिक २०८१

यस वर्ष धान रोपाई सकिएको सरकारको भनाई, गत वर्ष भन्दा १ प्रतिशत कम रोपाई

Share via:

 

यस वर्ष देश भरिबाट लगभग रोपाई सकिएको कृषि मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यो वर्षको भदौ १ गते सम्म देश भरि रोपाई ९४.४३ प्रतिशत भएको जानकारी दिएको छ ।

अगिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष भदौ १ गतेको तथ्यांकलाई हेर्दा लगभग उस्तै रहेको पाईएको छ । गत वर्ष ९५.३९ रोपाई भएकोमा यस वर्ष भने मन्त्रालयले सार्वजनिक गरेको मिती सम्ममा झन्डै १ प्रतिशतले मात्रा कमि देखिएको हो ।

नेपालमा धानको माग वर्षेनी ६१ लाख टन रहेको छ भने गत वर्ष धानको उत्पादन ५६ लाख १० हजार टन मात्र उत्पादन भएको छ ।

नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टर खेतमा धान रोपाई हुने गरेको छ । यस वर्ष उच्च पहाडमा धान रोपाईको मात्रा साढे १ प्रतिशतले बढ्दा तराई र मध्य पहाडमा भने धान रोपाई गत वर्षको तुलनामा १ देखी ४ प्रतिशतले घटेको पाईएको छ ।

नेपालको प्रमुख अन्नबालीको रुपमा रहेको धान प्रदेश नम्बर २ र ३ मा सबै भन्दा बढी मात्रामा उत्पादन हुँदै आएको छ ।

यस वर्ष मनसुन ढिला सक्रिय भएकाले धान रोपाई भने ढिला सुरु भएको थियो । सरकारका यस्ता तथ्यांक कागजी पक्रियाको लागि देख्न र सुन्नमा राम्रो भएको जानकारहरु बताउँछन् । तीन तहका सरकारका बीचमा तालमेल नहुँदा देशको कृषिको तथ्यांक मन्त्रालयबाट राम्रो गरि देखिनु विगतकै निरन्तरता रहेका कृषि क्षेत्रमा काम गर्नेहरु बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *