मंगलबार, ०६ फाल्गुण २०८१

संघ र प्रदेश बीच तालमेल नमिल्दा तरकारी परिक्षण प्रयोगशाला प्रयोगविहीन

 

तरकारीमा विषादीको परिक्षण हुनु पर्ने कुरा उठिरहेको बेला प्रदेश नम्बर १ मा भने कसले विषादी परिक्षण गर्ने भन्ने कानुनी जटिलता देखिएको छ । विराटनगरमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयले प्रदेश मन्त्रालयको उद्योग र वाणिज्य हेर्ने विभाग संग कुरा भईरहेको बताएको छ ।

संघीय सरकारले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग , यसका शाखा र कार्यलयबाट सशक्त रुपमा तरकारीको विषादी परिक्षण हुने बताएको छ । अब केहि समय भित्र सात ओटा प्रदेश बाट नै कार्यलयहरु खडा गरेर विषादी परिक्षण हुने जनाएको छ ।

संघ सरकारले तरकारीमा विषादी परिक्षण गर्ने छुट्टै कार्यलय नै बनाउने भएपनि विराटनगरमा रहेको ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ बाट छिटपुट मात्रामा मात्रै परिक्षण हुने गरेको पाईएको छ । प्रदेश १ को सरकारले असार २५ गते देखि संचालनमा ल्याएको प्रयोगशालामा ५० ओटा भन्दा बढी नमुना परिक्षण नभएको त्यहाँ स्थित कर्मचारी बताउँछन् ।

संघ सरकारको कृषि तथा पशुपंछी विकास मन्त्रालयले मान्यता नदिएकाले विषादी परिक्षण प्रयोगशाला प्रयोगविहिन जस्तै बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित