बुधबार, २८ कार्तिक २०८१

स्याऊ ग्रेडीङ मेसिन विना काम वेवारिसे

Share via:

 

८० लाख खर्चेर ल्याईएको स्याउ ग्रेडीङ मेसिन काम नलागि त्यसै थन्किएको छ । कर्णाली प्रदेशको जुम्लामा मेसिन राख्ने उपयुक्त ठाउँ अभावमा ग्रेडीङ मेसिन काम बिनै थन्किदा किसानहरु मर्कामा परेका छन् । कर्णाली अंचलमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत फलफूल विकास निर्देशनालयको अनुदानमा उक्त मेसिन १० वर्ष अगी जुम्लामा ल्याईएको थियो ।

१० वर्ष अगी ८० लाख रुपैयाँको लगानीमा भित्र्याईएको मेसिन वेवारिसे अवस्थामा गुठी संस्थानको जग्गामा खुला चौरमा राख्दा खियाले बिग्रन थालेको छ । विजुलीको आपूर्ति पनि नभएकाले मेसिन संचालनमा आएको छैन । मेसिनमा स्याउ ग्रेडीङ गर्ने, स्याउ सफा गर्ने, सुकाउने, स्याउ छान्ने, मैन राख्ने र प्याकिंग गर्ने सुविधा रहेका छन् । ग्रेडिंग गरेपछि स्याउ सफा, राम्रो देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *