भारतले प्याजमा लगायो रोक : नेपालमा मूल्य आकाशिने

भारतले प्याज विदेश निर्यातमा रोक लगाएको छ । भारतमा मुख्य रुपमा बढी प्याज उत्पादन हुने महाराष्ट्र र कर्नाटकलगायतका राज्यहरुमा प्याजको उत्पादनमा भारि गिरावट आएपछि भारतले बाहिर प्याज निर्यातमा रोक लगाएको हो । भारतमा यहि वर्ष भएको अधिक वर्षा अनि खडेरीका कारण प्याजको उत्पादन घटेको छ ।
पछिलो समयमा भारतमा प्याजको थोक मुल्य प्रति केजी भारु ४० बढी नाघिसकेको छ भने खुद्रा मुल्य ७० भन्दा माथि उकासिएको हो । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा मुख्य चाडवाडको मुखैमा प्याजको मुल्य बढ्ने निश्चित भएको छ ।
नेपालमा खपत हुने प्याजको मुख्य बजार भारतीय प्याजले धान्ने गरेको छ । नेपालमा भारतबाट वर्षेनी २ अर्ब बढीको प्याज हुँदै आएको तथ्यांक रहेको छ ।