बिहिबार, ०८ फाल्गुण २०८१

किसानलाई विज्ञको सल्लाह : ‘चिन्ता नगर्नुहोस् धानले बाला लाउँछ’

 

चितवन लगायतका तराईका अधिकांश ठाउँमा ‘गरिमा’ जातको धानले बाला नहालेपछि किसान चिन्तित थिए

चितवनमा किसानले लगाएको धानको जातले बाला नलागेको समाचारलाई कृषि विज्ञहरुको एक टोलीले खण्डन गरेको छ । राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ जनकपुरका प्रमुख वरिष्ठ वैज्ञानिक डा. रामवरण यादवले ‘गरिमा’ जातको हाईब्रिड धानले बाला हाल्ने बताउनु भएको छ ।

किसानको खेतमै गएर अध्ययन गरेको विज्ञहरुको टोलीले धान पसाउने ठोकुवा गरेका छन् । धान पोसाउन लाग्ने २० डिग्री भन्दा बढीको तापक्रम उपयुक्त मानिएपनि चितवनको तापक्रम ३० डिग्रीको हाराहारीमा रहेकाले धानले पोटा हाल्नेमा कुनै शंका नगर्न किसानहरुलाई विज्ञहरुले टोलीले सुझाव दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित