बिहिबार, ०६ मंसिर २०८१

कोदो मर्ने समस्याले कृषक चिन्तित

Share via:

निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्तित बनेका हुन् । 

फल लाग्ने बेलाको कोदो मर्ने, रातो भएर सुक्ने र गुभो कुहिने जस्ता समस्याले कृषक यस वर्ष पनि उत्पादन लिन नसक्ने अवस्थामा पुगेका हुन् । निरन्तर उत्पादन लिने बेला मर्न थालेपछि कोदो उत्पादनमा ह्रास आएको छ । 

पसाउनै लागेको कोदोमा गुभो मर्ने समस्या आएपछि फलेवास नगरपालिका वडा नं.–८, ठानामौला नेपानेका दलबहादुर सुनारले रोपेको खर्चसमेत नउठ्ने भएकाले समस्यामा परेको बताउनुभयो । उहाँले करिब १० रोपनी बारीमा रोपेको कोदोमा गुभो मर्ने समस्या देखिएको जानकारी दिनुभयो ।

अधियाँ लिएर हजारौँ खर्च गरेर खेती गरेको भए पनि कोदोमा गुभो मर्ने समस्याले मर्कामा परेको दुःखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “१० देखि १५ मुरी कोदो उत्पादन हुने बारीमा गत साल दुई मुरी १० पाथी मात्र कोदो फल्यो । अहिले झनै घट्ने भयो अधियाँ बुझाउनसमेत नपुग्ने चिन्ताले सताएको छ ।” 

कोदो मर्ने र रातो लाग्ने समस्या फलेवासमा मात्र नभएर जिल्लाको कुस्मा नगरपालिकामा पनि यस्तै छ । कुस्मा नगरपालिकाका वडा नं. १०, ११, १२, १३ र १४ मा पनि रातो लाग्ने, मर्ने र गुभो सुक्ने समस्या देखिएको छ । ठुलीपोखरीका कृषकनारायण पौडेलको पनि चार रोपनी क्षेत्रफलमा लगाएको कोदो यस्तै भएको बताउनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *