आइतबार, ०६ वैशाख २०८३

मुस्ताङमा स्याउ टिप्ने मिति तय

हिमालपारिको जिल्ला मुस्ताङमा फलेका स्याउ टिप्नका लागि सर्वपक्षीय बैठकले मिति तय गरेको छ। समय नपुग्दै स्याउ टिपेर बजार पठाउँदा स्याउको आफ्नो रङ तथा गुणस्तर नआएको भन्ने गुनासो बढ्न थालेपछि पछिल्लो तीन वर्षदेखि मिति तय गरेर स्याउ बजार पठाउन थालिएको हो। गत वर्ष असोज १ गते बाट मात्रै स्याउ टिपेर बजार पठाइएको भए पनि यस वर्ष भने स्याउको जातका आधारमा टिप्ने मिति तय गरिएको छ।

जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङको अध्यक्षतामा बिहीबार जोमसोममा भएको बैठकले स्याउ टिप्ने मिति तय गरेको हो।

मुस्ताङमा उत्पादन भएको स्याउको उपयुक्त समयमा टिपाई गरेमा स्याउको स्वाद र गुणस्तर राम्रो हुने र आम स्याउ उपभोक्तामाझ मुस्ताङमा उत्पादित स्याउको ख्याति राम्रो रहने र कृषकले राम्रो मूल्य पाउने विषयलाई मध्यनजर गर्दै स्याउका जातीय गुण अनुसार स्याउ टिप्ने निर्णय भएको समन्वय प्रमुख गुरुङले जानकारी दिनुभयो। 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *