शुक्रबार, २० चैत्र २०८२

अन्नभण्डारमै घट्दै छ धान उत्पादन

अन्नभण्डारका रूपमा चिनिएको मधेशमा यस वर्ष धान उत्पादन घटेको छ । नेपालको कुल धान उत्पादनको २५ देखि ३० प्रतिशत हिस्सा ओगट्ने मधेशका ८ जिल्लामा यस वर्ष उत्पादनमा गिरावट आएको हो । रोपाइँको मुख्य समय (असार–साउन) मा पर्याप्त वर्षा नहुनु, लामो समयसम्म खडेरी पर्नु र मलखादले धानको गाँज हाल्ने प्रक्रियामा अवरोध पुर्‍याउँदा त्यसको असर धान उत्पादनमा परेको हो । 

मधेशका ६६ प्रतिशत किसान कृषि पेसामा छन्, जहाँ धान, गहुँ, मकै बढी उत्पादन हुने गरेको छ । तर रोग र किराको प्रकोपले मधेशका कतिपय जिल्लामा धान उत्पादनमा समस्या देखिँदै आएको छ । सिँचाइको असुविधा र भूमिगत सिँचाइका लागि विद्युत् महसुल महँगो हुनुले किसान आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । समयमै मल नपाउँदा उत्पादकत्व घटेको किसानको गुनासो छ । बीउको गुणस्तरमा समस्या हुँदा कतिपय ठाउँमा धानको बोट मात्र अग्लो हुने तर बाला नलाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *