बिहिबार, २९ कार्तिक २०८१

दुधमा आत्मनिर्भर बन्दै सिन्धुली

Milk splashing into glass

Share via:

दूधमा सिन्धुली जिल्ला आत्मनिर्भर रहेको जिल्ला दूध उत्पादन संघ सिन्धुलीले बताएको छ । दैनिक ३ हजार लिटरको आसपासमा दुध खपत हुने सिन्धुलीमा दैनिक ९ हजार लिटर दुध उत्पादन हुने पाईएको हो ।

महाभारत दुग्ध उत्पादन सहकारी संस्थाद्वारा सिन्धुलीमाढीमा संचालित कोसेली डेरीले मात्र दैनिक २ हजार भन्दा बढी दूध बिक्रि गर्ने गरेको संस्थाका अध्यक्षले बताएका छन् ।

जिल्लाका कृषकले गुणस्तर अनुसार प्रतिलिटर दुधको मुल्य ५५ देखि ७० रुपैयाँ सम्म पाउने गरेका छन् जुन अन्य जिल्लाको तुलनामा १० देखि १५ रुपैयाँ महँगो छ । जिल्लामा संकलती अधिकांश दूध कोसेली डेरी मार्फत बिक्रि हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *