बिहिबार, २९ कार्तिक २०८१

माछापालन तिर बढ्दो मोह

Share via:

 

पछिल्लो क्रममा सर्लाहीमा माछापालनलाई व्यावसायिक रुपमा अपनाउने किसानको संख्यामा वृद्दी भएको छ । माछापालन गर्दा छोटो अवधिमा राम्रो फाईदा हुन थालेपछि यहाँका साना किसान पनि माछापालनमा ठुलो लगानी लगाउन थालेका छन् ।

 

जिल्ला पशु स्वास्थ्य केन्द्रका मत्स्य प्रमुख जीतनारायण गिरीले भन्नुभयो,’पहिले पहिले माछापालन सम्बन्धि ज्ञान र प्रविधिको अभावले सानो स्केलमा माछापालन हुने गरेको थियो तर अहिले सबैलाई ज्ञान र प्रविधिको बारेमा थाहा भएपछि यसलाई व्यावसायिक रुपमा लिनको संख्या निकै बढेको छ ।’ जिल्लामा अहिले करी 500 हेक्टर भन्दा बढी क्षेत्रफलमा माछापालन हुने गरेको उहाँले बताउनु भयो ।

 

 

दुई बिघा खेतमा पोखरी खनेर ब्रह्मपरि गाउँपालिका मेल्हिका परितोष कुशवाहाले मत्स्यपालनबाट लाखौँ रुपैयाँ कमाएको बताउनु भयो । कुशवाहाका अनुह्सार खेती गर्न गाउँमा मजदुरदेखि पानी र उन्नत बीउ बिजन समेतको अभाव हुने र आम्दानि पनि थोरै भएकाले आफू खेती लगाउने खेतलाई पोखरी खनेर माछापालनमा लागेको बताउनुभयो ।

 

 

उहाँले भन्नुभयो, गतवर्ष मात्रै १० लाख रुपैयाँ कमाए, त्यति कमाई अरु खेतीबाट हुँदैनथ्यो । कम लागतमा राम्रो फाइदा भएकाले पोखरी थप्ने विचार गरेको छु । यस्तै चन्द्रनगर गाउँपालिका वडा नम्बर ६ रामदलार मुखियाले आफ्नो जग्गा र भाडामा गरि करिब नौ बिघाको पोखरीमा माछापालन गरेको बताउनु भयो । सर्लाहीमा खासगरी पांगसियस, बीगहेड, कार्प, कमन कार्प, सिल्वर, नैनी, भाकुर लगायत जातका माछा पाल्ने गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *