सोमबार, २१ माघ २०८१

बोकाको मूल्य दोब्बर

 

गढ़िमाईको मेला लाग्ने मौसम भएकाले सर्लाहीका बजारमा बोकाको मुल्य दोब्बरले बढेको छ । यो महिनामा गढ़िमाई मेला लाग्ने र कुल पुजामा बलि धेरै दिइने भएकाले बोका महंगिएको व्यापारीले बताएका छन् ।

 

 

अरु बेला चार पांच हजारमा पाईने बोका अहिले १० हजार रुपैयाँमा पनि नपाईने गरेको बताईएको छ । अहिले बजारमा बोका निकै महँगो भएको लालबन्दी स्थित खसीबोका बजारका ठेकेदार विजय गोलेले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्ला बजारमा बोकाको अत्याधिक व्यापार भईरहेको छ ।

 

 

बोकाको राम्रो मूल्य पाएपछि बाख्रापालक किसान खुसी भएका छन् । जिल्लाको लालबन्दी, हरिऔन, बरहथवा, बयलबास, सोल्टीजस्ता खसी बोकाको अत्याधिक माग भईरहेको छ ।

 

 

मूल्य बढे पनि बलि चधौन्का लागि बोकाको माग धेरै आईरहेको खसीबोका व्यापारी सन्त लामाले बताउनुभयो । राम्रो मुल्य पाएपछि व्यवसायिक रुपमा बाख्रापालन हुने जिल्लाको उत्तरी चुरे भेगका किसानले अहिले धमाधम बोका बिक्रीको लागि बजार ल्याईरहेका व्यापारी लामले बताउनु भयो ।

 

 

बोका संगै स्थानीय बजारमा राँगाको व्यापार पनि बढेको छ । सर्लाही सहित तराईका विभिन्न जिल्लामा लागिरहेको पन्चवर्षीय गढ़िमाई मेलामा ठुलो संख्यामा राँगा र बोकाको बलि चढाउने तयारी भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *