बुधबार, २८ कार्तिक २०८१

बजार नपाएपछि कीवी खेती गर्ने कृषक चिन्तित बन्दै

Share via:

 

राम्रो बजार सम्भावना बोकेको कीवी फलले बजार नपाएपछि सोलुखुम्बुका किसान चिन्तित भएका छन् । सुरुमा यसबाट राम्रो आम्दानी देखेर हौसिएका किसानहरु यसले बजार नपाएपछि निराश बन्न थालेका हुन् । पहुँचवालाले काठमाण्डौका भाटभटेनीसंग समन्वय गरि ढुवानी तथा बिक्रि गर्ने गरेका छन् भने पहुँच नहुनेको कीवी घरमै भण्डारण गरेर राख्न बाध्य भएका छन् ।

 

कीवी किसान प्रेमबहादुर राईले अघिल्लो वर्ष स्थानीय बजारमा केहि मात्रामा बिक्रि गरेको भए पनि यो वर्ष भातभटेनी संग समन्वय गरेर प्रति केहि २७० रुपैयाँमा बिक्रि गर्न सफल भएको बताउनु भयो । बजार पहिचान गरेर पहुँच बनाउन सकेको खण्डमा कीविको बजार राम्रो रहेको राईको भनाई छ ।

 

कीवी जोन कार्यक्रमको सहयोगमा कीवी खेतीलाई अझ बिस्तार गर्ने सोच बनाएको कृषक राईको भनाई छ । जिल्लाको नेचासल्यान, माप्यदूधकोसी, थुलुङ दूधकोशी गाउँपालिका र सोलुदूधकुन्द नगर्पालिकाका किसानले कीवी खेती गर्दै आएका छन् ।

 

वरिष्ठ बागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले व्यवसायिक कीवी खेतीको भविष्य देखेरै कृषि प्राविधिक अगुवा कृषकलाई कीवी खेतीका लागि आवश्यक ज्ञान, सीप र उर्जा भर्ने काम गर्दै आएको बताउनु भयों ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *