सोमबार, २१ माघ २०८१

सागबाटै महिलाको आयस्तरमा वृद्दि

 

बाँके तथा बर्दियाका गाउँमा उत्पादन भएको साग नेपालगंज लगायतका सहरका बासिन्दाले खोजि खोजि किन्न थालेका छन् । विषादी नभएको साग तरकारीको माग बढ्न थालेपछि गाउँका महिला आफैं बोकेर हरेक बिहान सहर पस्ने गरेका छन् ।

 

पछिल्ला केहि वर्षयता नेपालगंजमा हरियो र ताजा सागको बिक्रि अत्याधिक बढेको छ । नेपालगंज वरिपरिका क्षेत्र र बर्दिया जिल्लाका विभिन्न गाउँबाट ल्याईएको साग बढी नेपालगन्जमा बिक्रि भईसकेको छ । गाउँघरमा सग तरकारीको खासै महत्व नभएपनि सहरमा आएपछि भने अर्गानिक भन्दै हारालुछ जस्तै हुने गरेको छ ।

 

बेथे, बडमुरवा, पालक, रायो, मेथी र तोरीको साग बोकेर एकाबिहानै दर्जनौं थारु समुदायका महिला नेपालगंज पुग्ने गरेका छन् । त्यी महिलाले ल्याएको साग अर्गानिक र ताजा हुने गरेकाले बजार पुग्दा नपुग्दै बिक्रि हुने गरेको छ ।

 

बाँके र बर्दियाका ग्रामिण क्षेत्रका थारु समुदायका सयौं महिलाले अहिले सागलाई मुख्य आयस्रोत बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *