उखु किसानले अझै मुल्य पाएनन्
उखु किसानले उधारो कारोबारको अझै रकम नपापछि नवलपरासीका किसान चिन्तित बनेका छन् । नगदे बालीको उधारो कारोबारले निरंकार, विजय, ज्ञानचन्द्र जस्ता नवलपरासीका सयौं उखु किसान मर्कामा परेका छन्। सुरुमा चिनी बिक्री गरेर भुक्तानी दिने बाचा गरेका उद्योगीले चिनी, स्प्रिड,मोलासिस बिक्री गरेपछि भुक्तानी दिनुको साटो उद्योग नै बन्द गरिदिएपछि किसान आत्तिएका छन्। सरकराले पनि किसानका समस्या सम्बोधन गर्नुको साटो उद्योगीलाई नै संरक्षण गरिरहेको किसानको गुनासो छ।
गरिब किसानको बिचल्ली हुँदा तीन तहकै सरकारले आँखा चिम्लेको सुनवलका उखु किसान ज्ञानचन्द्र यादव बताउँछन्। कृषि मन्त्री घनश्याम भुसालले समेत उखु किसानको पक्षमा एक शब्द नबोलेको भन्दै उनले आक्रोस पोखे। ‘हामीले घनश्याम भुसालबाट धेरै आशा गरेका थियौं तर यी पनि मन्त्री पद पाएपछि टाउको लुकाउने खालकै रहेछन्,’ ज्ञानचन्द्रले भने। उखुकै लगानीबाट हुर्के, पढेका र मन्त्री भएका सामान्य प्रशासन मन्त्री हृदयस त्रिपाठीले पनि आफ्नै गृह जिल्लाका किसानका समस्याप्रति आँखा चिम्लिदिएको उनको गुनासो छ। ‘त्रिपाठी जीलाई उखुको नालीबेली सबै थाहा छ। तर उहाँले न कहिल्यै सदनमा हाम्रा समस्या उठाउनु भएन। आजको नागरिक दैनिकबाट ।