सोमबार, २१ माघ २०८१

भारतबाट ल्याउँदा हाँसका चल्ला नष्ट

भारतबाट ल्याइएका हाँसका चल्ला महोत्तरी प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

जिल्लाको पिपरा गाउँपालिका वडानम्बर १ बाट ती हाँसका चल्लालाई नियन्त्रणमा लिई नष्ट गरिएको महोत्तरीका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज२प ५९०९ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सहोडवाबाट खटिएको गस्ती टोलीले चल्ला नियन्त्रणमा लिएको र ल्याउने मानिस फरार भएका छन् ।

करिब १४ हजार मूल्य बराबरको चल्ला नियन्त्रणमा लिई स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *