बिहिबार, १५ चैत्र २०८०

कृषिमा ७ प्रतिशत ब्याज अनुदानको व्यवस्था

Share via:

कर्णाली प्रदेश सरकारले व्यावसायिक कृषिमा संलग्न किसानलाई ऋणमा ७ प्रतिशत ब्याज अनुदान दिने भएको छ । प्रदेश सरकारले सुरु गरेको ‘कृषि ऋणमा ब्याज अनुदान सहुलियत’ कार्यक्रमको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार उद्घाटन गरे ।

कार्यक्रमअनुसार किसानले कृषि तथा पशुपन्छीपालन व्यवसायका लागि जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिए पनि ७ प्रतिशत ब्याज अनुदान पाउनेछन् । जसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस वर्ष ७ करोड रुपैयाँ छुट्याएको छ । १ करोड रुपैयाँसम्म कर्जा लिएका किसानलाई ब्याज अनुदान दिने गरी कार्यक्रम थालिएको मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले जानकारी दिए । व्यक्ति, समूह, सहकारी, फार्म तथा कम्पनीलाई ब्याज अनुदानको सुविधा हुने उनले बताए । ‘बैंकले आफ्नो आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर कायम गर्नेछन्,’ उनले भने, ‘कार्यविधिअनुसार बैंकले अतिरिक्त शुल्क लिन पाउने छैनन् । व्यवसायको बिमा पनि उसैले गर्नेछ ।’

कार्यक्रम सञ्चालनका लागि ‘व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि–२०६७’ गत फागुन ५ गते मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित