शुक्रबार, १६ चैत्र २०८०

अलैंची टिप्न व्यस्त हुँदै अलैंची कृषकहरु

Share via:

लमजुङका विभिन्न ठाउँमा अलैँची टिप्ने सिजन सुरु भएको छ । सात सय मिटरदेखि १२ सय मिटर उचाइमा लगाइएको अलैँची टिप्न सुरु गरिएको नेपाल अलैँची व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष अजय तामाङले जानकारी दिए । 

अलैँची पाकेपछि यहाँका किसान अहिले टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । विशेषगरी यो वर्ष कोभिड– १९ को प्रभावसँगै सहरबजारमा बस्नेहरू गाउँ फर्किएर अलैँची खेतीमा व्यस्त भएको मर्स्याङ्दी गाउँपालिका- ६ बाहुनडाँडाका अलैँची कृषक लोकनाथ घिमिरेले बताए । 

जिल्लाका अलैँची किसानले भदौ पहिलो हप्तादेखि अलैँची टिप्न सुरु गरेका हुन् । ‘धानको झार गोडेर, कोदो रोपेर सकियो अब अलैँची टिप्न सुरु भयो,’ मर्स्याङ्दी-७ ताराचोक शेराका अलैँची कृषक डम्बरसिंह अधिकारीले भने । उनले आठ रोपनी क्षेत्रफलमा अलैँची खेती गरेका छन् ।

अलैँची पाक्न नपाउँदै चरा–मुसाले खाने भएकाले टिपाइमा ढिलाइ गर्न नहुने अधिकारीको भनाइ छ । यतिवेला बाहुनडाँडा, ताराचोक शेरा, कुप्लिङ र दुराडाँडालगायतका ठाउँमा अलैँची टिप्न सुरु गरिएको छ । नयाँ पत्रिका दैनिकबाट लिईएको। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित