मंगलबार, ०५ असोज २०७८

पाख्रीबास नगरपालिकामा व्यवसायिक कफी खेतीको थालनी

Share via:
  •  
  •  
  •  
  •  
  •  

धनकुटाको पाख्रिबास नगरपालिकामा व्यावसायिक कफी खेती थालिएको छ । पाख्रिबास नगरपालिकाले आफ्नो नगरपालिका भित्रका किसानलाई व्यावसायिक कफी कफीतर्फ आकर्षित गर्न व्यावसायिक कफी खेती नै सुरु गरेको छ । पाख्रिबास नगरपालिकाले गत वर्ष कृषि अभियान्ता तथा विज्ञ जीवनकुमार राईको नेतृत्वमा कफीको सम्भाव्यता अध्ययन गरेर यो वर्षबाट कफी खेती सुरु गरेको हो ।


नगरपालिकाले यो बर्षबाट खेती बिस्तार गर्न १० लाख रुपैयाँ लागतमा ७ रोपनी क्षेत्रफलमा मुगास्थित राई गाउँमा कफीको नर्सरी सुरू गरेको छ । बाँझो र खाली रहेको जमिनलाई सदुपयोग गर्न र भइरहेको बसाई सराईलाई रोक्नुका किसानको आम्दानीसमेत बढाउन पाख्रिबास नगरपालिकाले कफी विकास योजना अन्तर्गत काम थालेको पाख्रिबास नगरपालिका प्रमुख बीर्खबहादुर राईले बताए । ५ लाख कफीका विरुवा उत्पादन गर्ने लक्ष्यका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटाले यो वर्ष उत्पादन गरेको ५० हजार बिरुवा पाख्रिबासमा रोपिने छन् ।

यहाँ गरिएको सम्भाब्यता अध्ययनले कफी कफीका लागि उत्तम हावापानी भएकाले स्थानीय स्तरमै विरुवा उत्पादन गरेर कफी गर्न लागिएको कृषि अभियान्ता राईले बताए । पाख्रिबास नगरपालिका कफी कफीका लागि वातावरणीय हिसाबले उपयुक्त रहेको भन्दै कृषि अनुसन्धान केन्द्र पाख्रिबासले समेत लामो समयदेखि अनुसन्धान गरेर किसानलाई व्यावसायिक कफीतर्फ अकर्षित गरीएको हो । यहाँका किसानलाई कफी खेतीमा संलग्न गराउन सकिए स्थानीको आय आर्जन बढ्ने कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख डाक्टर गोविन्द तिम्सिनाले बताए ।

नगरपालिकाले किसानलाई व्यावसायिक बनाउन र कफी निर्यातलाई भरपर्दो बनाउन बाँझो र खाली रहेको जमिनको सदुपयोग गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित