शनिबार, ०५ वैशाख २०८३

विश्व वातावरण दिवस मनाईंदै

आज विश्व वातावरण दिवस ! यस वर्ष पारिस्थितिकीय प्रणाली पुनःस्थापनका विषयमा केन्द्रित हुँदै ‘नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनःस्थापनाका लागि विश्व वातावरण दिवस’ मनाइँदैछ।

वातावरण संरक्षण गर्न विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ जुन ५ देखि १६ सम्म संयुक्त राष्ट्रसंघको महासभाले विश्व वातावरण सम्मेलन आयोजना गरेको थियो।

सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्सेनि मनाउन थालिएको हो।​

स्वच्छ वातावरणमा बाँच्न पाउने हक सार्थक बनाउन प्रण गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छिन्‌।

आजको दिनलाई सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि आजको दिनले थप उत्प्रेरणा दिने विश्वास पनि उनले व्यक्त गरेकी छिन्‌।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *