बुधबार, २८ कार्तिक २०८१

नेपालबाट चिया निर्यातमा भारतले रोक लगाउने

Share via:

भारतीय लोकसभामा नेपालको चिया रोक लगाउन प्रस्ताव पेश भएसँगै नेपाली चिया उद्यमीहरू चिन्तित बनेका छन्।  लोक सभामा पेश गरिएको प्रस्ताव भारतीय सरकारले सुनुवाई गरिसकेको नभएपनि सुनुवाई गरिहाल्यो भने लगानी डुब्ने डरले यहाँका व्यवसायी चिन्तित बनेका हुन्।

दार्जिलिङका चिया व्यवसायीले भारतीय सरकारलाई नेपालबाट त्याहाँ आयात हुने चियामा रोक लगाउन वा ४० प्रतिशत कर लगाउन प्रस्ताव लगेका हुन्। 

सरकारीस्तरबाट नै यसमा पहल गरिदिनु पर्ने भन्दै व्यवसायीहरूले सरकारको ध्यान आकर्षण गरेका छन्। 

भारतीय सरकारले चिया निर्यातमा दुई/चार दिन मात्रै पनि अवरोध गरिदियो भने यहाँका उद्यमीहरूको लगानी डुब्ने चिया उद्यमी अशोक मुरारका बताउँछन्। 

‘भारतले चियामा कर लगायो भने त्यसलाई हटाउने पहल गर्दा समेत केही दिन लाग्न सक्छ,’ चिया उद्यमी अशोक मुरारकाले भने, ‘यदी भारत सरकारले यसमा सुनुवाई गर्यो र केही समयमा कर हटायो भने पनि यो बीचमै पनि नेपाली उद्यमीलाई ठूलो नोक्सान भइसकेको हुनेछ।’ 

नेपाली चिया निर्यातमा समस्या आउने देखेपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवा समेत भेटेर समाधान गरिदिन आग्रह गरेका छन्। 

नेपाली चिया आयातमा भारतीय सरकारले विभिन्न बाहानामा अवरोध पुर्‍याउँदै आएको छ।  

नेपाली चियालाई कर लगाएर रोक्ने र किसानका हरियो पत्ति किनेर दार्जिलिङका व्यवसायीले दार्जिलिङ ब्राण्डमा नेपाली चिया बेच्ने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *