आइतबार, १६ बैसाख २०८१

सुपथ मूल्य पसलमा कारोबार घट्यो

Share via:

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलको कारोबार घटेको छ । 

यस वर्ष असोज १ देखि कात्तिक १३ गतेसम्म सञ्चालन भएको सुपथ मूल्य पसलमा साल्ट  ट्रेडिङले गत वर्षभन्दा कम कारोबार गरेको हो । यो वर्ष दुई करोड ८७ हजार रुपियाँको कारोबार भएको साल्ट  ट्रेडिङले जनाएको छ । अघिल्ला वर्षहरूमा दशैँ–तिहार सुपथ मूल्य पसलमा लगभग पाँच करोड रुपियाँको कारोबार हुँदै आएको थियो । 

साल्ट  ट्रेडिङका बिक्री प्रबन्धक प्रमुख प्रज्ज्वल प्रधानले यस पटक बिक्री कक्षमा चिनी राख्न नसक्दा कारोबार घटेको जानकारी दिनुभयो । “गत वर्षकै हाराहारीमा कारोबारको लक्ष्य थियो । यो वर्ष चिनी नभएकाले कारोबारमा असर प-यो,” उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकाबाहिरका धनगढी, बनेपा, नारायणगढसमेत गरेर आठवटा बिक्री केन्द्र र तीन भ्यानबाट नुनसहित सात प्रकारका सामान छुटमा बिक्री गरेको उहाँले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित