शनिबार, ३० फाल्गुण २०८२

नवलपरासीमा जैविक मल उत्पादन सुरु

गण्डकी प्रदेशकै एक मात्र साझेदारी वनका रूपमा रहेको पूर्वी नवलपरासीको मध्यविन्दु साझेदारी वनले जैविक मल उत्पादन सुरु गरेको छ । 

वनमा रहेका प्रयोगविहीन झाडी काटेर त्यसलाई प्रशोधन गरी मल उत्पादन थालिएको हो । यस पहलले वन व्यवस्थापनमा सहयोग पुग्ने, डढेलोबाट वन जोगाउन मदत गर्ने, रोजगारी सिर्जना गर्ने तथा खेतीमा प्रयोग हुँदै आएको रासायनिक मललाई प्रतिस्थापन गरी अर्गानिक उत्पादनमा टेवा पुग्ने वनका अध्यक्ष भगवान खनालले बताउनुभयो । 

जैविक मल उत्पादनले यहाँको कृषि क्षेत्रमा समेत परिवर्तन हुने र जैविक मलको प्रयोगले कृषि क्षेत्रमा उत्पादनसमेत बढ्दै जाने अपेक्षासाथ साझेदारी वनले जैविक मल उत्पादनमा काम थालेको अध्यक्ष खनालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *