फर्सी, काँक्रो र घिरौँलामा अधिक विषादी

देशकै ठुलो तरकारी बजार कालीमाटीमा भित्रिएका हरिया तरकारी (हरियो फर्सी, काक्रो र घिरौँला) अत्यधिक विषादीको मात्रा भेटिएको छ ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइले बजारमा भित्रिएका तरकारीको नमुना परीक्षण गर्दा ती तरकारीमा विषादीको मात्रा अधिक देखिएको हो ।
समितिका अनुसार बिहीबार कालीमाटीमा रहेको प्रयोगशालाले विभिन्न ठाउँबाट आएका १५ प्रकारका तरकारीको नमुना लिएर परीक्षण गरेकामा तीन वटा नमुनामा अगार्नोफस्फेट नामको विषादी अधिक प्रयोग भएको पाइएको छ ।
काठमाडौँबाट आएको काँक्रोमा अगार्नोफस्फेट रोकावट दरको मात्रा ५२.९२१ प्रतिशत, धादिङबाट आएको घिरौँलामा अगार्नोफस्फेट रोकावट दरको मात्रा ६५.०३० प्रतिशत र मकवानपुरबाट आएको हरियो फर्सीमा अगार्नोफस्फेट रोकावट दरको मात्रा ४५.५८९ प्रतिशत पाइएको समितिले जनाएको छ ।