बिहिबार, ०५ असार २०८२

राजनीति संगै कृषि उद्मममा अर्थमन्त्री

(ईन्द्रबहादुर आङ्बोको फेसबुकबाट)

भनिन्छ, राजनीति पेशा होइन समाज सेवा हो । तर, नेपालमा पछिल्लो समय राजनीतिमा लागेका धेरै नेताको आम्दानीको अन्य स्रोत नदेखिँदा राजनीतिलाई पेशा बनाएको आरोप सुन्ने गरिएको छ । आम्दानिको निरन्तर स्रोत नहुँदा भ्रष्टचार मैलाएको आरोप समेत सुनिन्छ । तर, पछिल्लो समय राजनीतिमा आएका युवानेतामा राजनीति पेशा होइन सेवा हो भन्ने कुरालाई सार्थक बनाउने प्रयास गरिरहेका युवा नेता उतिकै पनि छन् ।

प्रदेश –१का आर्थिक मामिला तथा योजना मन्त्रीले पछिल्लो समय यस प्रदेशकै उदाहरणीय नेताको परिचय बनाएका छन् । उनी मन्त्रीका नामले मात्र होइन कामले पनि जनता माझ लोकप्रिय छन् । विकास निर्माण तथा प्रदेशको समृद्धिको पाटामा उनले गरेका पछिल्ला कामले प्रदेशमा उनको लोकप्रियता बढेको पाइन्छ । वि.स २०७४ सालमा भएको प्रदेश सभाको चुनावमा पाँचथरको क्षेत्रनम्बर ‘ख’ बाट तत्कालिन बामगठबन्धनका तर्फबाट चुनाबमा बिजयी भएपछि प्रदेश–१का आर्थिक मामीलातथा योजना मन्त्रीको जिम्बेवारी पाएका युवा नेता हुन् इन्द्र बहादुर आङ्बो ‘मौसम’ कलिलै उमेरबाट तत्कालिन माओबादी पार्टीको राजनितिमा लागेका आङ्बो भुमिगत जीबन बिताउदैँ संसद हुदैँ मन्त्री बनेर प्रदेश हाकिरहेका छन् । संसदीय अभ्यासमा पहिलो पटक सहभागी हुँदै चुनाब समेत जितेर मन्त्री बनेका आङ्बो प्रदेश–१ मा काम गरेर लोकप्रिय बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *