शुक्रबार, १४ बैसाख २०८१

बजारमा तरकारीको मूल्य अस्वाभाविक वृद्धि

(सांकेतिक तस्बीर)

Share via:

पछिल्लो समय बजारमा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । सरकारले कोरोना भाईरस संक्रमण नियन्त्रण गर्नका लागि उपत्यकामा निषेधाज्ञा गरेपछि तरकारीको मूल्य दोब्बरले बढेको हो । निषेधाज्ञा गरेपछि बजारमा पर्याप्त मात्रामा तरकारी भित्रिन नपाउँदा मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । तरकारी अत्यावश्यकीय वस्तुका रुपमा रहेपनि निषेधाज्ञा गरेपछि पछिल्लो समय बजारमा कम भित्रिएकाले मूल्य बढ्न गएको कालीमाटी बजार विकास समितिले जानकारी दिएको छ । गत बुधबार मध्यरातदेखि सरकारले उपत्यकामा निषेधाज्ञा गरेको थियो ।

निषेधाज्ञाले बजारमा पर्याप्त मात्रामा तरकारी ढुवानी नहुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाई छ । कालीबाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोराना भाइसको संक्रमण फैलिनसक्ने भन्दै निश्चित समय मात्र कालीमाटी बजार खुला गरेको छ । चार दिन यता बाहिरी जिल्लाबाट उपत्यकामा कम परिणाममा तरकारी भित्रिने गरेको छ । पाँच दिनको अवधिमा बजारमा अधिकांश तरकारीको मूल्य दोव्बर बढेको छ । आयात कम भएको भन्दै व्यवसायीले मनपरी मूल्य लिई ठग्ने गरेको उपभोक्ताको गुनासो छ ।

सामान्य अवस्थामा कालीबाटी बजारमा ६ देखि आठ सय टन तरकारी भित्रिने गरेको लकडाउनयता कममात्रामा तरकारी भित्रिने गरेको छ । तर लकडाउन यता कालीबाटी बजारमा एकदम न्यून परिणाममा तरकारी भित्रिने गरेको छ । कालीमाटी बजारमा धादिङ, काभ्रे, मकवानपुर, चितवन, लगायतका अन्य ठाउँमा तरकारी आउने गर्छ । निषेधाज्ञाको बेला अत्यावश्यक वस्तुको आयातमा रोक नलगाएपनि पर्याप्तमात्रामा आयात हुन नसकेको व्यवसायीको भनाई छ । अहिले वर्षातको समयमा तरकारीको उत्पादन नै कम हुने गर्छ । सामान्य अवस्थामा उत्पत्यकामा आठ सयदेखि एक हजार टन तरकारी खपत हुने गर्छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ठैलो परिमाणमा छिमेकी मुलुक भारतबाट तरकारी भित्रिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित