आइतबार, २० माघ २०८१

जुम्लाको स्थानीय प्याज बजार पाउन सकेन

विगत चार महिनादेखि जारी लकडाउनले बजार ठप्प हुँदा जुम्लाका प्याज कृषक मर्कामा परेका छन् । हरेक वर्ष आयातित प्याजमै निर्भर जुम्लामा यस वर्ष जुम्लालाई पुग्ने भन्दा बढी प्याज उत्पादन भएको छ । चन्दननाथ नगरपालिका १ तलिचौरका किसानले यस वर्ष मात्रै १ सय मेट्रिक टन प्याज उत्पादन गरेका छन् । तलिचौर गाउँका ७० घरधुरी किसानले करिब २० हेक्टर जमिनमा प्याज खेती थिए ।

प्रतिघरधुरीले करिब १० देखि १५ क्वीन्टल प्याज उत्पादन गरे । धान र जौ खेती नगरी प्याज खेतीमा माधै होमिएका तलिचौरका किसानले ठूलो परिमाणमा उत्पादित प्याजले लगानी अनुसारको मूल्य नपाउँदा किसानहरु मर्कामा परेका छन् ।

कर्णाली प्रदेश सरकारले तलिचौरका दुई वटा प्याज पकेट क्षेत्रका लागि ८-८ लाखका दरले १६ लाख बजेट बीउ, मल प्याज खेतीका लागि औजारमा सहयोग गरेको थियो । प्रदेश सरकारको सो सहयोगमा ७० घरधुरीले करिब एक करोडको बराबरको प्याज खेती गरेका थिए ।

थोरै प्याज केही किसानले जुम्लामा बिक्री गरेपनि मूल्य निकै न्यून पाएपछि बजारमा लैजाने छोडे । केहीले मुगुसम्म पनि तर बजार मूल्य निकै न्युन भएपछि सबै प्याज बजारमा खपत हुन नसकेर घरमै थन्किएको छ । जिल्लामा बढी परिमाण राख्न मिल्ने भण्डारणस्थल नहुँदा करिब ८०–८५ लाखको प्याज घरमै थन्किएको स्थानीयले गुनासो गरे ।

जुम्लामा उत्पादन भएको १ सय मेट्रिकटन प्याज घरमै थन्किएपछि किसानले मूल्य निर्धारण गर्नुपर्ने वा निर्यातको वातावरण बनाउन सरोकारवालासँग ताकेता गरेका छन् । तर विगत ६ महिना यता लकडाउनले गर्दा आयात निर्यात ठप्प छ । जिल्लामा ठूलो क्षमताको सित भण्डार भएको खण्डमा किसानका समस्या हल हुने कृषि विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *