बिहिबार, १३ चैत्र २०८१

नेपालमा अहिले रासायनिक (युरिया) मलको अभावमै किसान धान खेती गर्न बाध्य छन् । समयमा युरिया मल छर्न नपाएपछि आउँदो वर्ष धान उत्पादनमा पनि ह्रास आउने चिन्तामा किसान छन् । धानबालीमा लगाउनुपर्ने युरिया मलको यतिखेर देशैभर हाहाकार भएको छ । धान रोपेको १५ दिनमा युरिया मल छर्नुपर्ने भए पनि नेपालमा यस वर्ष युरिया मलबिना नै धान हुर्कन थालिसकेको छ । धानखेतीको सिजनमा आउनुपर्ने युरिया मल अझै आइपुगेको छैन ।

युरिया मल नआए पनि अहिले आवश्यकता नै नभएको डीएपी मल वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा आइपुगेको छ । सरकारले ल्याएको ५० हजार बोरा यस्तो मल पनि पूर्ण रुपमा भिजेर प्रयोग गर्नै नहुने अवस्थामा छ । आपूर्तिकर्ता स्वीस सिंगापुरले ल्याएको ५० हजार बोरा डीएपी मल सुक्खा बन्दरगाह भन्सार (ड्राईपोर्ट) यार्डमा आइपुगेको हो । भारतीय रेलवेबाट ४३ वेगन (डिब्बा)मा ल्याइएको मल भिजेको अवस्थामा ड्राइपोर्टमा अनलोड गरिएको छ । आजको कारोबार दैनिकमा नीरज पिठाकोटेले लेख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित