किसानको आलु बारीबाटै खरिद
स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरेको छ ।
गाउँपालिकाले प्रति किलो ५५ रुपैयाको दरले करिव २ लाख रुपैयाको आलु खरिद गरेको हो ।
गाउँपालिकाले आलु खरिद गरेपछि उत्पादन बिक्री नहुने, बारीमै कुहिने र बिचौलीयाहरुले कम मुल्य दिने जस्ता समस्याहरु अन्त्य भएको छ ।
लकडाउनका कारण कृषकहरुले उत्पादन गरेको आलुको बजारीकरणमा समस्या भएको भन्दै गाउँपालिकाले उपभोक्ताको बारीबाटै पहिलो चरणमा ३६ हजार किलो आलु खरिद गरेको हो ।
कृषकहरुको उत्पादन खेर नजाओस् भन्ने उद्देश्यले गाउँपालिकाले आलु संकलन गरी कृषि एम्बुलेन्स मार्फत बिक्रि गर्न लागेको गाउपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाले किसानहरु लाई प्रोसाहन गर्न आलु पकेट क्षेत्र पनि घोषणा गरेको छ । किसानलाई जागरुक गरेर मल, बिउ निशुल्क प्रदान गरेको पालिकाले जनाएको छ ।