बागमती प्रदेशमा बन्ने भयो ठूलो लगानीको चकलेट उद्योग
चितवनको राप्ती नगरपालिकामा ठूलो लगानीमा चकलेट उद्योग स्थापना गर्ने तयारी गरिएको छ । वाग्मती प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीसमेत गरी रू.२४ करोड ५० लाखमा राप्ती नगरपालिका–७ स्थित साना किसान तथा कृषि सहकारीको जग्गामा उक्त उद्योग स्थापना गरिने छ ।
दूधको उत्पादनलाई खेर जान नदिन र दूधको परिकारमा विविधिकरण गर्ने उद्धेश्यले चकलेट उद्योग स्थापना गर्न लागिएको वागमती प्रदेश सरकारले जानकारी दिएको छ । यसका लागि मंगलवार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र राप्ती नगरपालिकाबीच छलफल भएको वागमती प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डाक्टर शरण पाण्डेले बताए । उद्योग सञ्चालनमा ल्याउन रू.२४ करोड ५० लाख लाग्ने अनुमान छ । जसमा आधा लगानी प्रदेश सरकार र आधा लगानी नगरपालिकाको हुने छ । भदौ १० गते