बिहिबार, ०५ असार २०८२

माग सम्बोधन गरिनुपर्ने चिया मजदुरहरुको माग

पूर्वका चिया मजदुरले २१ दिनभित्र आफ्ना मागहरु सम्बोधन गर्न सरोकारवालालाई आग्रह गरेका छन् । मजदुर आबद्ध संघहरुले पारिश्रमिक पुनरावलोकनका लागि सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चिया बगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघ केन्द्रीय समितिले नौवटा चिया उत्पादक कम्पनी, सहकारी तथा संघसमक्ष प्रत्येक २–२ वर्षमा चिया मजदुरको ज्याला समायोजन गर्ने पूर्व सहमति र कानूनी प्रावधान तथा श्रमऐनमा उल्लेखित व्यवस्था बमोजिम पारिश्रमिक पुनरावलोकनको माग गरेका हुन् । उनीहरुले संघसंस्था, सहकारी र कम्पनीसँग ४ बुँदे मागपत्र पेश गरेका छन् ।

नेपाल चिया उत्पादक संघ, साना किसान झापाली चिया व्यवसायी संघ, नेपाल चिया विकास निगम लि., साना किसान सहकारी चिया प्रशोधन कारखाना, साना किसान चिया उत्पादक सहकारी संस्था, पाराखोपी साना किसान चिया सहकारी संस्था, शुभ चिया किसान सहकारी संस्था झापा र हिमालयन अर्थोडक्स चिया उत्पादक संघ र केन्द्रीय चिया सहकारी संस्था इलामलाई मागपत्र बुझाउनुअघि बिर्तामोडमा पत्रकार भेटघाट आयोजना गरी चार सूत्रीय माग अघि सारेका हुन् ।

श्रम ऐन २०७४ को दफा १२३ बमोजिम सौदावाजी समिति गठन गरेर सोही ऐनको दफा १०६ बमोजिम न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न, २०७५ साउन २ गतेदेखि बृद्धि भएको १ सय ७ रुपैयाँ मजदुरलाई उपलब्ध गराउन, सोही ऐनको नियमावली २०७५ मा उल्लेखित पारिश्रमिक, उपदान, सञ्चयकोष, सार्वजनिक विदा, विरामी विदा, घरविदा, प्रसूती, क्रिया विदा तथा चाडपर्व खर्च सम्बन्धी व्यवस्था कार्यान्वयन र सामाजिक सुरक्षाकोषमा सूचिकृत गर्न माग गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *