आयरल्याण्डमा भएको त्यो संकट

कोरोनासँग जुझिरहेको नेटिभ अमेरिकालाई आयरल्यान्ड आर्थिक रुपमा सहयोग गरिरहेको छ । यसको कारण १७३ वर्ष पुरानो त्यो सानो सहयोग रहेको छ, जुन उनीहरुले आयरल्यान्डमा आएको आलूको अकालको समयमा गरेका थिए । यो अकालमा लाखौ आयरिश मानिसको ज्यान गएको थियो । आज हामी तपाईलाई आयरल्यान्डमा आएको आलूको अकालको बारेमा बताउन जादैछौ, जसको सुरुवात १८४५ मा भएको थियो ।
उक्त समयमा आयरल्यान्डमा पी. इनफेस्टान्स नामको एक खास फंगसले आलूको बाली पुरै बर्बाद भएको थियो । यो सिलसिला एक वा दुई वर्षमा होइन पुरै सात वर्षपछि १८५२ मा रोकिएको थियो । उक्त समयमा भोकमरी र खराब आलू खानाले १० लाख भन्दा बढी आयरिस मानिसको मृत्यु भएको थियो । यसैगरी लाखौ मानिस आयरयान्ड छोडेर अर्को देशमा गएका थिए । आलूको अभावका कारण आयरल्यान्डको आबादी २५ प्रतिशत सम्म कम भएको थियो ।
आलूमा फंगल लाग्नाले आयरिस नेताले क्विन भिक्टोरियालाई भोकमरी फैलिएको बारेमा बताइएको थियो र मानिसलाई सहयोग गर्नका लागि अपिल गरिएको थियो । उक्त समयमा आयरल्यान्डमा अंग्रेजको शासन थियो । मद्दतको रुपमा क्विन भिक्टोरियाले मकै कानुन फिर्ता लिएका अन्नको मूल्य अपेक्षाकृत रुपमा कम भएको थियो । तर पनि भोकमरीको अन्त्य भएको थिएन ।
१९ औं सताब्दीमा आयरल्यान्ड खेती–किसानी गर्ने देश थियो । तर अकाल र महामारिसँग जुझ्नाले व्यापक गरिबी बढेको थियो । आलूको अकालको समयमा आयरल्यान्डको ७० प्रतिशत आबादी आलू खाने गर्दथे । यसको पछाडिको कारण उनीहरु नत केही उब्जनी गर्न सक्थे नत किन्ननै सक्थे । आलूको बालीमा बीमारी फैलनाले आयरल्इान्डको आबादीको एक ठूलो हिस्सा नराम्ररी प्रभावित भएको थियो ।