कालीमाटीमा हुँदैन बीलको प्रयोग
काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिले तरकारी बजारमा बिक्रेताले खरिद बिक्री बिल जारी नगर्दा उपभोक्ता ठगिएको निष्कर्ष निकालेको छ । समितिले अनुगमनका क्रममा खरिद बिक्रीमा बिल जारी नभएकै कारण तरकारीको मूल्यमा मनपरी भएको पाइएको भन्दै यथासिघ्र बिलको प्रयोग गर्न निर्देशन दिएको छ ।
अनुगमनपछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीले बताए ।
अनुगमन समितिले शनिबार बिहान ५ बजे बल्खु तरकारी बजार पुग्दा गोलभेडाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो । तर, त्यही गोलभेँडाको मुल्य बालाजु क्षेत्रमा प्रति केजी एक सय ५० रुपैयाँ रहेको पाईएको थियो । ०६९ सालमा स्थापना भएको बल्खु कृषि तथा तरकारी बजारमा चार सय २४ चोक तथा खुद्रा तरकारी पसल छन् । आजको नयाँ पत्रिका दैनिकबाट ।