मंगलबार, २२ माघ २०८१

‘हल्ट प्राईज’ सम्बन्धि ‘अन क्याम्पस’ कार्यक्रम सुरु

सामाजिक उद्यमशीलता विकास सम्बन्धि अन्तर्राष्ट्रिय रुपमा संचालन हुने ‘हल्ट प्राईज २०२०/२१’ को लागि कृषि तथा वन विश्वविद्यालयले पहिलो चोटी ‘अन क्याम्पस कार्यक्रम’ गर्ने भएको छ । सन् २०१० देखि संचालन हुँदै आएको विश्वव्यापी सामाजिक उद्यमशीलता सम्बन्धिको वैचारिक प्रतिष्पर्धा ‘हल्ट प्राईज २०२०/२१’ ले यस वर्षको लागि ‘Food for Good’ विषय बनाउंदै अनक्याम्पस कार्यक्रम सुरु भएका छन् ।

कार्यक्रममा सहभागिताको लागि ३ देखि ४ जनाको समूह बनाएर भाग लिन पाईनेछ भने विद्यार्थीहरु स्नातक र स्नातकोत्तर तह अध्ययन गर्दै गरेकाले पनि कार्यक्रममा सहभागिता जनाउन पाउनेछन् ।  

अन क्याम्पस चरणको लागि कृषि तथा वन विश्वविद्यालय अन्तर्गत क्याम्पस निर्देशक टोलीले अनलाईन फारम खुला गरेको छ । अनलाईन फारम भर्नाको लागि यहीं लिंक क्लिक गर्न सकिनेछ ।

अन क्याम्पस चरणका विजेताले क्षेत्रीय स्तरको हल्ट प्राईजको अर्को चरणमा सहभागिता जनाउन पाउनेछन् । प्रतिस्पर्धीहरुले कार्यक्रममा सहभागि बनेर विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरुको माध्यमबाट सामाजिक उद्यमशिलता सम्बन्धि आफ्नो विचार र धारणा परिष्कृत गर्ने मौका पाउनेछन् । क्षेत्रीय चरणको प्रतिष्पर्धा पश्चात् ग्लोबल चरणको प्रतिष्पर्धा मार्फत् उत्कृष्ट अवधारणा ठहरिएमा १ मिलियन अमेरिकी डलर पुरस्कार जित्नेछन् ।  

विश्वभरीबाट हरेक वर्ष १२१ देश, २५०० बढी विश्वविद्यालय र ३,००,००० बढी विद्यार्थीहरु सहभागी बन्दै आएको यस कार्यक्रमलाई विद्यार्थीको लागि नोबेल पुरस्कार जस्तै मानिंदै आएको छ ।

हल्ट प्राईज फाउन्डेसनले दीगो विकासका लक्ष्यलाई ध्यानमा राखेर विषयहरु अगाडी सार्दछ । कार्यक्रम सहभागीहरुले उद्यमशीलता विकास सम्बन्धि आफ्नो अवधारणाहरु अगाडी ल्याएर प्रतिष्पर्धा गर्न सक्दछन् । हल्ट प्राईजको सुरुवातकर्ता अहमद अश्करलाई लिने गरिन्छ भने यसको स्थापना सन् २००९ मा भएको हो । बालबालिकाका लागि शिक्षा, विश्वव्यापी जल संकट, उर्जा, खाद्य संकट, शरणार्थी सम्बन्धि विभिन्न विषयमा वर्षेनी हल्ट प्राईज फाउन्डेसनले विश्वव्यापी रुपमा नवधारणा ल्याउँदै आएको छ । अल्फ्रेड नोबेलको नामबाट नोबेल पुरस्कारको नामकरण गरिए जस्तै बर्टिक एरिक हल्ट नामका एक स्विडेनी नागरिकले पुरस्कार प्रयोजन गर्ने भएकाले उनकै नामबाट यसको नाम ‘हल्ट प्राईज’ राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *