आइतबार, २० माघ २०८१

तरकारीको भाउले महँगो बन्यो भान्सा

तरकारीको भाउ महँगो भएसंगै राजधानीमा बस्ने सर्वसाधारणको भान्सा महँगो बनेको छ । काउली, बन्दा, मूला र सागको सिजन भएपनि यी तरकारीहरूको पनि भाउ छोईसक्नु नभएपछि सर्वसाधारण चिन्तित बनेका हुन् ।

तरकारीहरुमा ईस्कुसको प्रति केजी ४० देखि ४५ रुपैयाँ सम्म त्यस्तै मूला प्रतिकेजी ६० रुपैयाँका हिसाबले मूल्य कायम रहेको छ ।

दशैंको मुखमा भाउ महँगो बनेको प्याज अहिले बजारमा १६५ रुपैयाँमा कारोबार भएको छ भने घ्यू सिमि १५५ रुपैयाँ किलो, बन्दा प्रति केजी १०० रुपैयाँ, राज्मा सिमी ११० रुपैयाँ, आलु प्रति केजी ६५ रुपैयाँ, गोलभेडा ७० रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *