धानको उत्पादनमा आधाले गिरावट
सोलुखुम्बु जिल्लामा यस वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा आधा जतिले कमि भएको छ । पछिल्ला वर्षहरुको अनुपातमा यस वर्ष सिजनमा कम पर्नाले धानको उत्पादन कम भएको किसानहरु बताउँछन् ।
सिंचाईको सुविधा नभएको धेरै जसो खेत यस वर्ष बाँझै रहना गएकाले यस वर्ष धानको उत्पादनले धेरै मात्रामा गिरावट आएको हो ।
अर्को कुरामा धामाधम धान काट्ने बेला भईसक्दा काम गर्ने मानिस अभाव भएको पनि किसानहरुको गुनासो रहेको छ ।